हामी सबै लाई अवगत भएको कुरा हो कि हामी ले हाम्रो नेपाली हरु को साझा सामुदायिक भवन मेलबोर्न मा हुनु पर्दछ भनी एउटा ठुलो बिडा उठाएका छौं र त्यो आफु मै एउटा बिशाल महत्वाकान्छी योजना हो| पहिला हामी कुनै समय मा याँहा १०० परिवार थियौं होला र हजार हुँदै अब दसौं हजार को संख्या मा छौं, हामीले हाम्रो उपस्थिति जनाउन को लागी र हाम्रो चिनारी को खाँचो ..तपाई हामीले महशुस गरेर आज अस्ट्रेलियन नेपाली मल्टि कलटुरल सेन्टर अहिले २०० भन्दा बढ़ी परिवार हरु संगै हाते मालो गर्दै अगाडी बढ्दै छ तर हजुर हरु को सहयोग बिना यो सम्पूर्ण हुन गार्हो छ र हुनु पनि हुन्दैन| हाम्रो आव्हान कोइ नछुटुन र हामी सबै ले एउटा छहारी को स्थापना छिटो गर्न सकियोस जहाँ चाड पर्व संगै मनाउला र ढुख सुख का भलाकुसारी गर्ने बाचा गर्दै, अब हजुर हरु लाई आफ्नो तबर ले समावेश हुन पुन अनुरोध गर्दछु!

Supporters: